मेरो प्रेम
मेरो अधीनमा रहेन अब
यो हाम्रो भयो ।
स्वतन्त्रता मेरै थियो
अभिव्यक्ति मेरै थियो
निर्णय त्यो मेरै थियो
फगत मेरै थियो
अनायासै त्यसमा तिमी
मुछिन पुग्यौ ।
यो विचारविहिन अवस्था
मस्तिष्कशून्यता
र बेजोड भावनाका भेल
यो सन्चो नभएको क्षण
वा धेरै सन्चो भएको पल
अभिव्यक्तिका उपजहरु ।
सहि थियो वा गलत
सहि थिएँ कि गलत
मायाको अदालतकै जिम्मा भो
कुनै दिन
सायद छिट्टै
वा कालान्तरमा
न्यायको ढोका
कसो नखुल्ला .
No comments:
Post a Comment